हुलाकी न्यूज, जनकपुरधाम : भारतको बेगलोरमा ईन्जिनियर पढिरहेका पंकज कोरोना संक्रमण शुरु भएकै बेला नेपाल आउन चाहन्थे तर सबारी साधनको समस्या र कोरोना संक्रमणको डरले उनलाई होस्टलमै बस्नु परेको थियो। दशैं नजिकमा कही लकडाउन नभइहालोस त्यो डरले दूई साता अघि नै जनकपुरधाम आइसकेको उनले बताए।
ईन्जिनियर पढिरहेका पंकजले भने उनी ‘शुरुमा कसरी आउने डर लागिरहेको थियो तर एउटा बैग हुँदापनि महोत्तरीको भिट्ठामोड भन्सार छेउबाट आएको कसैले कुनै रोकटोक गरेन।जनकपुरधाममा मात्रै नभई सीमासंग जोडिएका प्रदेशका अधिकांश जिल्लामा भारतबाट आउनेहरु बढीरहेका छन। प्रदेश २ का सयौ विद्यार्थी भारतमा पढिरहेका छन् भने रोजगारीका लागिपनि ठूलो संख्यामा भारतमा रहेका छन्।
दशैं र होलीको बेला घर आउने परम्परा जस्तै तराई तिर रहेको छ। विगतका वर्षहरुमा सीमामा आउनेहरुको पूरै भीड हुन्थ्यो तर अहिलेपनि निकै संख्यामा नेपालीहरु आइरहेका छन।
नकुनै चेकजाँच छन्, नकुनैअबरोध निवार्ध रुपमा आइरहेका छन् । तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराइले सीमा आबत जावतमा कडाई गरिरहेको दाबी गरेका हुन्।
एकातिर प्रशासन कडाईको दाबी गरिरहेका छन्, भने सीमा क्षेत्रमा रहेका धनुषाको नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले भने जहाँ प्रहरी चौकी छ त्यहाँबाट आउन दिँदैनन् तर सयौ वाटो छन जहाँबाट मानिसहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।



