हुलाकी न्यूज, काठमाडौं, ८ कार्तिक ।थारूवान/थरूहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अाज अनौपचारिक वार्ता हुँदैछ। दिउँसो ३ बजे परराष्ट्रमन्त्रालयमा वार्ता हुने बताइएको छ। नयाँ सरकार गठन भएपछि बनेको नयाँ सरकारी वार्ता टोलीसँग संघर्ष समितिको पहिलो वार्ता हुन लागेको हो।
‘नयाँ सरकार हाम्रा मागप्रति कति संवेदनशील हुन्छ त्यसका अाधारमा हामी अगाडि बढ्नेछाैं,’ संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले भने।



