हुलाकी न्यूज, काठमाडौं : नेपालकै प्रसिद्ध पशुपतिनाथ मन्दिरमा आइतबार र सोमबार साँझ ‘ब्ल्याक आउट’ गरी विरोध हुने भएको छ।
साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाई विरोधको कार्यक्रम घोषणा भएको हो।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा कार्यक्रम आयोजना गरिएको नेपाल सरकारको समाचार एजेन्सी राससले जनाएको छ।
स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो।
समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ।
विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिरमै बती निभाई विरोध हुँदा नकारात्मक सन्देशसमेत जाने देखिन्छ।