हुलाकी न्यूज, काठमाडौः विभिन्न देशमा कोरोनाबाट संक्रमित भएका ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन्। गैरआवासीय नेपाली संघ(एनआरएन)को अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९सय १६ जना कोरोनामुक्त भएका छन्।
संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमण भएका छन्। स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ। कोरोना संक्रमणका कारण विदेशमा हालसम्म १८ देशका २ सय ६६ नेपालीको ज्यान गएको छ।
यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको एनआरएन कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएको तथ्यांक छ।