हुलाकी न्युज, रौतहट । रौतहटमा एक किशोरीको शव आपत्तिजनक अबस्थामा भेटिएको छ । रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहका १६ वर्षीया छोरी संझा साहको शव आपत्ति जनक अबस्थामा भेटिएको छ ।

रौतहटको वृन्दावन नगरपालिका ४ हरैया पल्टुवा मामा घर देवेन्द्र साहको घरमा बस्दै आएकी किशोरी बिहान घाँस काट्न गएको र साँझसम्म घर नफर्केपछि खोजबिन गर्दा उँखुबारीमा नग्न अवस्थामा मृत फेला परेकी हुन् । स्थानीयले साहको बालात्कार पछि हत्या भएको आंशका गरेका छन् ।

एता, प्रहरीले समेत घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हन सक्ने बताउँदै घटनाबारे थप अनुसन्धान भई रहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.