हुलाकी न्यूज ,सिरहा : डा सीके राउत नेतृत्वका जनमत पार्टीले सिरहा जिल्लाको औरही गाउँपालिकाको सबै वडामा वडा अधिबेशन सम्पन्न गरे ।
आज वडा नम्बर ४ मा भएको अधिबेशनबाट सुरेन्द्र कुमार यादवको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ। समितिको उपाध्यक्षमा प्रतोष यादव , महिला उपाध्यक्षमा गिता सिंह , सचीवमा शिवहरी यादव चयन भएको छ।
त्यस्तै वडा न. ४ अन्तर्गतका सबै टोलहरुमा टोल समिती पनि गठन गरिएको जनाईएको छ। टोल समितीहरुमा नवटोली टोल प्रमुखमा बिसुन्देब ठाकुर , इटाटार टोल प्रमुखमा मटुक सिंह ,कमलपुर टोल प्रमुखमा रामगुलाम यादव ,गणेशपुर टोल प्रमुखमा दिनेश यादव लाई चयन गरेको छ।
साबिकको पन्चायत भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा पुर्व जिल्ला इन्चार्ज राजकुमार त्यागी , जिल्ला इन्चार्ज बिजय साह , प्रशिक्षण विभाग प्रमुख संजय यादव , विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण कुमार यादव ,दिपेन्द्र यादव , युवा नेता सन्तोष यादव ,रामबहादुर यादव र देवद्र यादवले आफ्नो मनतव्य राखेको थियो।
औरही गाउँपालिकामा जम्मा ५ वटा वडा रहेको हो।गाउँपालिकाको सबै वडाहरुमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा पतिराम यादव , वडा नम्बर २ को अध्यक्षमा प्रशुराम यादव , वडा नम्बर ३ को अध्यक्षमा बिरेन्द्र यादव , वडा नम्बर ४ को अध्यक्षमा सुरेन्द्र यादव र वडा नम्बर ५ को अध्यक्षमा इन्द्र कुमार यादव चयन भएको हो।
सबै वडामा अधिबेशन सम्पन हुन् लगतै गाउँपालिका अधिवेशनको तयारीमा गरिरहेको पार्टीका गाउँपालिका अध्यक्ष पंकज कुमार सिहले बताए। अहिले मधेश भरिनै जनमत पार्टीको अधिबेशन भैरहेको देखिएको छ ।




