हुलाकी न्यूज ,राजविराज : सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.