हुलाकी न्यूज, काठमाडौं, ८ कार्तिक । विजयादशमीपछि आन्दोलनरत विभिन्न मधेशी मोर्चाहरुले आन्दोलन चर्काएसँगै प्रहरीको हस्तक्षेप पनि बढेको छ । ४० भन्दा बढी आन्दोनकारीको प्रहरीको गोलीले हत्या भइसकेपछि केही शान्त भएको प्रहरी मधेशमा फेरि उग्र बन्नथालेको छ ।
शुक्रबारदेखि नै विभिन्न ठाउँमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । यसै क्रममा सिरहामा फेरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यता, प्रहरीले धनुषा र सप्तरीमा हवाई फायरिङ गरेपछि मोर्चाका कार्यकर्ता र स्थानीय जनता पनि आक्रोशित भएका छन् । आन्दोलनकारीको आक्रोश शनिबारदेखि नै सडकमा देखिएको छ । आन्दोलनकारीले आन्दोलन र बन्दलाई झनै सशक्त र कडा बनाएका छन् ।
मधेशमा अवस्था फेरि बिग्रदै गएको आन्दोलनकारीहरुले बताएका छन् । मधेशको आन्दोलन कुनै पनि बेला फेरि ह्रिसंक बन्नसक्ने उनीहरुको भनाई छ ।



