हुलाकी न्यूज, गौरः रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र एकजान महिलाको मृत्यु भएको छ।
रौतहटको गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउत महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन्।
ती मृत महिलाको कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार वडा अध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । प्रहरीका अनुसार ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेकी थिइन्। हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुई पटक बेहोस भएकी हुन्।
हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए।