हुलाकी न्यूज, काठमाडौं : प्रदेश नम्बर २ मा सबभन्दा कम दारु(अलकोहल) खाने व्यक्तिहरु रहेको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षण अनुसार प्रदेश नम्बर ३ अर्थात वागमती प्रदेशमा सबभन्दा बढी दारु खाने व्यक्ति रहेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को २०१९ को सर्वेक्षणको परिणाम अनुसार देशैभरी २० दशमलब ८ प्रतिशत व्यक्तिले दारु खाने गरेका छन्।

प्रदेश २ मा सबभन्दा कम १० दशमलब ३ प्रतिशतले दारु खाने गरेका छन् भने वागमती प्रदेशमा सबभन्दा बढी अर्थात २७ दशमलब ५ प्रतिशतले दारु खाने गरेका छन्।

तथ्यांक अनुसार प्रदेश नम्बर १ मा २३ दशमलब १ प्रतिशत, गण्डकी प्रदेशमा २४ दशमलब १ प्रतिशत, प्रदेश नम्बर ५ मा १९ दशमलब १ प्रतिशत, कर्णाली प्रदेशमा १९ दशमलब ६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा २७ प्रतिशतले दारु खाने गरेका छन्।

तथ्यांकले प्रदेश नम्बर २ मा दारु खानेको प्रतिशत कम देखाएपनि गुणस्तरहिन दारुबाट मृत्यु हुने गरेको खबर आउने गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.