हुलाकी न्यूज, काठमाडौं, ८ कार्तिक । आईतबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच वार्ता हुँदैछ । दिउँसो १ बजे परराष्ट्र मन्त्रालयमा हुने वार्तामा दुबै पक्षले सीमांकनलगायतका विषयमा आफ्नो आधिकारिक धारणा राख्ने बुझिएको छ ।
मोर्चा घटक सदभावना पार्टीका सहअध्यक्ष एवं मोर्चाको वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले मधेशी मोर्चाले मुख्य रुपले दुईवटा विषयमा वार्ता केन्द्रित गर्ने बताएका छन् ।
उनले वार्ताको पहिलो विषय मधेशको वातावरण सहज बनाउनेतर्फ केन्द्रित हुने र अर्को विषय राजनीतिक मुद्दाहरु हुने जानकारी दिएका छन् ।
मधेशमा वातावरण सहज बनाउन आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, घाईतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने, विभिन्न आरोपमा गिरफ्तार गरिएका आन्दोलनकारीहरुको मुद्दा फिर्ता लिने, सार्वजनिक र जनताको सम्पतीमा भएको भौतिक क्षतिको क्षतिपुर्ति सरकारले दिने लगायतका माग मोर्चाको रहेको छ । यसमध्ये अधिकांश माग पुरा गर्ने आवश्वासन पहिलेको सरकारले दिएको भएपनि कार्यान्वयन हुनसकेको छैन ।
त्यस्तै आईतबारको वार्तामा मधेशी मोर्चाले राजनीतिक विषयका रुपमा प्रदेशको सीमांकनलाई मुख्य मुद्दाका रुपमा उठाउँदैछ ।
नेता कर्णले सीमांकनसँगै नागरिकता, भाषा, न्यायपालिका, समानुपातिक समावेशिता लगायतका विषय पनि मुख्य रहने बताए ।
उनले आईतबारको वार्तामा सरकारी पक्षको आधिकारिक धारणा बुझ्ने र त्यसपछि जारी मधेश आन्दोलनको बारेमा निर्णय हुने बताए । उनले सरकारी पक्ष आफ्ना मागहरुप्रति सकारात्मक नभए आन्दोलन झनै सशक्त बनाउने जनाएका छन् ।




Please do not disturb aam janata in name of andolan ,most of students not studying not able to go other place,We support but not in name of andolan destroy aam people life it too much ….!!!
Jabtak madhesiyon sampurn mang purn nhi hojati hai tabtak andolan jari rakhenge eh 21st sentury hai jago madheshi mago madhesh