हुलाकी न्यूज, जनकपुरधाम :
बेरोजगारी समस्या बढ्दै गएका कारण ६ महिनाको करारमा जागिर खान ३२ हजार जनाले आवेदन दिएका छन्।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल संचालनका लागि विभिन्न पदमा १ सय २९ कर्मचारी माग गरेका छन्। ६ महिनाको करारमा दिइने जागिरका लागि ३२ हजार जनाले आवेदन दिएको रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन्।

आवेदन दिने अन्तिम मिती असोज १२ सम्ममा अनलाइनमार्फत फारम भरिएको थियो। अहिले फरम छनौटको कार्य भइरहेको र केही दिनभित्रै सर्टलिष्ट तयार पारी अन्तरवार्ता हुने महाप्रबन्धक भट्टराईले बताए।

आबेदनबाटै ठूलो संख्यामा राजश्व संकलन भएको छ। तर, पद अनुसार दस्तुर फरक रहेकोले यसिक राजश्वको रकम सार्वजनिक गरिएको छैन।

यता रेल्वे सञ्चालनका विषयमा अहिले पनि अन्यौल रहेको छ। प्राविधिक कार्य पुरा हुन नसक्दा रेल्वे हस्तान्तरणदेखि महोत्तरीमा लिक बनाउने कार्यसमेत पुरा भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.