हुलाकी न्यूज ,रौतहट : बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले बताएको छ ।
सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भइकी बताइएको छ ।
प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताउनुभयो । बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो ।