हुलाकी न्यूज, जनकपुरधाम : यस वर्ष बली नचढाउन जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ।
दशैं वा कुनै पनि पर्वको अवसरमा जनकपुरधामसहित जिल्लाको कुनै पनि भागमा बली नचढाउन र मेला पनि नलगाउन भनिएको छ।
जनकपुरधामका विभिन्न संस्था तथा व्यक्तिहरुसँगको छलफल पछि जिल्ला प्रशासन कार्यालय धनुषाले उक्त सूचना जारी गरेको छ।
जसअनुसार जिल्लामा भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न भनिएको छ।
सूचना




