हुलाकी न्यूज, जनकपुरधाम : बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले जनकपुरधाम उप–महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेका छन्।
गुठीको जग्गा कब्जा गरी कानुन विपरीत नक्सा पास गराएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले छानविन सुरु गरेको हो।
उप–मेयर रिता कुमारी मिश्रले कानुन विपरीत पास भएको नक्साको छानविन गर्ने विषयमा बृजकुमारकी पत्नी सिता देवीको नाममा पत्र पठाएकी थिइन्। बृजकुमारले उक्त पत्र लिन अस्वीकार गरेपछि घरमा टाँसिएको उपमहानगरपालिकाले जनाएको छ।
रसिक विहारी भगवान तेली कुटी (ट्रष्ट)का अध्यक्ष जगदिश साहले दिएको उजुरीका आधारमा उमेयर मिश्रले कारवाही प्रक्रिया अगाडि बढाएको हो।
गैर कानुनी रुपमा नक्सा पास गराइएको भन्दै बृजकुमारलाई सम्पूर्ण प्रमाणसहित १५ दिनभित्र उपमहानगरपालिकामा उपस्थित हुन भनिएको छ।
उमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम कारवाही अगाडि बढाएको छ।
जसअनुसार गैरकानुनी काम गरेका बृजकुमारलाई ५ लाख रुपैंयासम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ।
यसअघि जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसँगको सेट्टिङ्गमा बृजकुमारले नक्सा पास गराएका थिए।
भूमाफियालाई मेयर लालकिशोरको संरक्षण (प्रमाणसहित)
गुठीको जग्गा निजी गराई बृजकुमारले रसिक विहारी भगवान तेली कुट्टी (ट्रष्ट)को जग्गा पनि कब्जा गर्न खोजेको भन्दै विवाद जारी रहेको छ।
सम्बन्धीत समाचारहरु
लालपुर्जा खारेज हुने भएपछि जातीय दंगा गराउँदै बृजकुमार यादव (जग्गाको इतिहाससहित)
लक्ष्मीनियाँ माई मन्दिरको जग्गा पनि बृज कुमारद्वारा कब्जा [भिडियो रिपोर्ट]
[…] जनकपुरधाम उपमाको पत्र बुझ्न बृजकुमार… […]