हुलाकी न्यूज, जनकपुरधाम :
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले दलितहरुको व्यवस्थापन नगरी उठिबास गराएको भन्दै उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ।

दलित अगुवाहरुले शुक्रबार मेयर साह विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराउने अधिवक्ता दीपक विश्वकर्माले जनाएका छन्।

जनकपुरधाम उप–महानगरपालिका १ स्थित धर्मवान टोलमा मेयर साहले डोजर लगाएर दलित बस्ती हटाएका थिए।

सुकुम्वासी दलितहरुलाई बासको व्यवस्था नगरी हटाइएकोमा दलितहरु आक्रोसित हुँदै आएका छन्।

दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासले दलित विरोधी देखिएका मेयर लालकिशोर विरुद्ध मुद्दा गर्ने जनाउँदै दलितहरुको बासको व्यवस्थापन नभए नगरपालिका कार्यालयभित्रै टेन्ट लगाएर दलितहरुलाई बसाउने तयारी भएको बताए।

चरम भ्रष्टाचारमा डुबेका मेयर लालकिशोरले सडक बनाउने ठेक्केदारहरुसँग कमिसन लिएर हतारहतारमा दलित बस्ती खाली गराएको उनको आरोप रहेको छ। उनीहरुले मेयर लालकिशोरको सम्पति छानविनको समेत माग गरेका छन्।

सोमबार दलित अगुवाहरुले छलफल गरी मेयर लालकिशोर विरुद्ध संघर्षमा जाने संयुक्त निर्णयसमेत गरेका छन्। पाँच सदस्यीय नगर विस्तार संघर्ष समिति गठन गरेको छभने तीन दिनभित्रमा धर्मवान संघर्ष समिति गठन गर्ने र ती समितिले घर–टहरा भत्काएको परिवारलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालय भित्र बसाउनेछ।

नगर विस्तार समितिले उपमहानगरविरुद्ध मुद्दा दायर गर्नुका साथै प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको दासले हुलाकीन्यूजलाई बताए।
सम्बन्धीत समाचार

जनकपुरधामः दर्जनौं डोम परिवारको उठिवास (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.