हुलाकी न्युजः प्रदेश नम्बर २मा स्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश २ सकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । आज सम्पन्न मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको हो ।

यस विषयमा प्रदेश नम्बर २का प्रमुख सचिव अर्जुन कुमार पोखरेलले आज बसेको परिषद्को बैठकले प्रदेश लोक सेवा आयोगलाई पदपुर्ती गर्ने तथा आयोगको संगठन संरचण स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले स्वीकृतिको साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको बताउनु भयो ।

प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको छ । कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ई दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।

कर्मचारीको अभाव खेप्दै आएको प्रदेश सरकार २०७५ फागुन १० गते नै बनेको ऐनको व्यवस्थालाई अहिलेसम्म सदुपयोग गर्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.