हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो दुई महिनामा ७७ वटा बलात्कारका घटना दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउनका अवधिमा बलात्कारका घटना बढेको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाइका अनुसार सबभन्दा बढी महोत्तरी र सिरहामा बलात्कारका घटना भएका छन्।
सिरहामा १३, महोत्तरीमा १३, सप्तरीमा ११, धनुषामा १०, सर्लाहीमा १०, रौतहटमा ९, बारामा ५ र पर्सामा ६ बलात्कारको मुद्दा दर्ता भएको एसपी प्रसाइले हुलाकी न्यूजलाई जानकारी दिए।
बलात्कारका अधिकांश पीडित दलित समुदायबाट भएको तथ्यांकले देखाएको छ।
७७ वटा घटना दर्ता भएपनि अन्य ठूलो संख्यामा घटनाहरु स्थानीय स्तरमै छलफल गरी दबाईको अनुमान गरिएको छ।
हाल दर्ता भएका कतिपय घटनामा पनि महिलालाई आर्थिक प्रलोभन र दबाब दिएर मिलाउने प्रयास भइरहेको छ।
एसपी प्रसाइले बलात्कारका घटनालाई प्रहरीले संवेदनशिल रुपमा लिएर दोषीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको बताए।



