
हुलाकी न्यूज, काठमाडौं : अब कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुले साइन्स, कमर्स र आर्ट भनी छुटाछुटै संकाय पढ्न नपाउने व्यवस्था गरिएको छ।
शिक्षा मन्त्रालयका अनुसार यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु हुनेछ। जसअनुसार ११ र १२ मा विद्यार्थीहरुले तीन वटा अनिर्वाय विषय र तीन वटा ऐच्छिक विषय पढ्नु पर्नेछ।
कक्षा ११ र १२ का सञ्चालकहरुको तयार पारिएको पाठ्यक्रममा गम्भीर आपत्तिका बाबजुद शिक्षा मन्त्रालयले भने नयाँ पाठ्यक्रम अनुसार पठनपाठन सुरु गर्न प्रतिवद्ध जनाएको छ।
नयाँ पाठ्यक्रम लागु गरी यो शैक्षिक सत्रदेखि संकाय हटाउने र नियमित विद्यालय तह जस्तै गरी पढाउने निर्णय सरकारले गरेको थियो। सोही अनुसार नयाँ पाठ्यक्रम लगभग तयार भएको शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
नयाँ पाठ्यक्रम अनुसार तीनवटा अनिवार्य विषय छन्। ऐच्छिक विषयका चार समूह रहेका छन्। त्यसमध्ये कुनै तीन समूहबाट विद्यार्थीले अनिवार्य रुपमा एक–एक विषय पढ्नु पर्छ।
कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषय बनाइएको छ। ऐच्छिक विषयका चार समूह मध्ये कुनै तीन समूहका विषय मध्ये विद्यार्थीले ऐच्छिक रुपमा एक–एक विषय छान्नु पर्छ।
विषय सूची




