हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा चीन विरुद्ध प्रदर्शन भएको छ।
हुम्लामा नेपाली भूमी चीनले मिचेको भन्दै फिर्ता गर्न मागसहित युवाहरुले प्रदर्शन गरेका हुन्।
युवा नेपाल समिति, प्रदेश २ को ब्यानरमा सहभागी युवाहरुले जनकपुरधाममा रैली गरी जनक चौकमा कोण सभा गरेका थिए।
‘चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूभाग फिर्ता गर, पुरानो सन्धी लागु गर, चाइनिज साम्राज्यबाद मुर्दाबाद’ जस्ता नारालगाइएको थियो।