
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा मगही भाषा सम्बन्धी प्रशिक्षण कार्य सुरु भएको छ।
पहिलो चरणमा शुक्रबार महोत्तरी जिल्लाको बर्दिवासमा दुई दिने मगही भाषा सम्बन्धी प्रशिक्षण सुरु भएको हो।
प्रशिक्षणमा धनुषा, महोत्तरी र सर्लाहीका गरी ३० जनाभन्दा बढी सहभागी रहेको आयोजक पिछडा वर्ग महासंघले जनाएको छ।
सहभागहिरुलाई विरबहादुर महतोले भाषा सम्बन्धी प्रशिक्षण दिने छन्। मगही प्रशिक्षण कार्यक्रम अन्य जिल्लाहरुमा पनि गरिने आयोजकले जनाए।
कार्यक्रममा पिछडा वर्गसँग सम्बन्धित विषयमासमेत छलफल हुने जनाइएको छ।




