हुलाकी न्यूज, जनकपुरधाम, ८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले मोटरसाइकलमा आन्दोलनरत कुनै पनि दलको झण्डा वा विरोधस्वरुप कालो झण्डा राखे व्यक्तिगत र आवश्यक कामका लागि सर्वसाधारण मधेशीलाई मोटरसाइकल चलाउन दिने जनाएको छ ।

शनिबार बसेको मोर्चाको बैठकले आन्दोलन झनै सशक्त र कडा बनाउने निर्णय गरेको छ । मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेललगायतका कुनै पनि सामान बाहिर जान नदिने र कसैले कालोबजारी गरेको पाइए त्यस्ता सामान त्यँही नष्ट गरिने चेतावनी पनि दिएको छ ।

एम्बुलेन्समा बिरामीबाहेक अरु मानिस ओहोरदोहोर नगराउन पनि चेतावनी दिएको छ ।

5 COMMENTS

  1. अति भयो आन्दोलन ,आफनो घर बाट जरुरी काम ,पढ्न बाहीर पनि न जाने यो कस्तो आन्दोलन हो ?
    ति नेता जसले मदेश र मदेशी ले ठगे तेस्लाई त् जनता लाई केही गरेन किन ?
    मदेश बर्बाद गरने मदेशी ,पहाडी नेतालाई दण्ड दिनु पर्ने कि होइएन ?आम जनता लाई दुख यो कस्तो आन्दोलन हो ?आन्दोलन बन्द गर नेता लाई सजाई देउ आम जनता लाई होइएन ?कि कसो ?

    • Dr.अरुण कुमार सिंह: यो आंदोलन कुनै नेता ले गरेको वा गराए को होइन। यस देश का मधेशी जनता ले आफ्नो अधिकार को लगी आंदोलन गरिरहेको छ। यो आंदोलन को संपूर्ण जिम्मेवारी अहिले को सरकार को हो। यो सरकार ले चाहे १ दिनमा आंदोलन टुंगिन्छ। सरकार ले आफै पटक पटक समझौता गर्ने तर ब्यवहार मा कहिल्यै लागु न गर्ने ? यसको के अर्थ लाग्छ ? र फेरी बरता मा आउ भन्ने। कुरा साफ़ छ। यो संबिधान मधेशी हरु को लगी होइन। तपाई डाक्टर भएर बुझ्नु भएन तर मधेश को बच्चा बच्चा ले बुझद छ।

  2. अति भयो आन्दोलन ,आफनो घर बाट जरुरी काम ,पढ्न बाहीर पनि न जाने यो कस्तो आन्दोलन हो ?
    ति नेता जसले मदेश र मदेशी ले ठगे तेस्लाई त् जनता लाई केही गरेन किन ?
    मदेश बर्बाद गरने मदेशी ,पहाडी नेतालाई दण्ड दिनु पर्ने कि होइएन ?आम जनता लाई दुख यो कस्तो आन्दोलन हो ?आन्दोलन बन्द गर नेता लाई सजाई देउ आम जनता लाई होइएन ?कि कसो ?
    https://www.facebook.com/arunsinghnepal/posts/10206908350060628?notif_t=like

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.