हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो आर्थिक वर्षमा प्रदेश २ मा ३ सय २० हेक्टरमा बृक्षारोपन भएको छ भने एक करोड विरुवा उत्पादन भएको छ।
उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय प्रदेश २ ले गत आर्थिक वर्षमा यति बृक्षारोपन तथा विरुवा उत्पादन भएको जनाइएको छ।
आर्थिक वर्ष २०७६/२०७७ मा कोभिड प्रभावितलाई लगभग ३० करोडको राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको समीक्षा बैठकमा वन अतिक्रमण नियन्त्रण, खोला किनार संरक्षण कार्यक्रमसमेत प्रभावकारी भएको मन्त्रालयका शाखा अधिकृत बेचन कुमार महतोले जनाए।
महतोका अनुसार गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत ८ करोडको कार्यक्रम सञ्चालन भएको छ। प्रत्येक जिल्लामा १ करोड बराबरको कार्यक्रम सञ्चालन भएको हो।
जनकपुरधाममा शुक्रबार आयोजित समिक्षा कार्यक्रममा पर्यटन राज्य मन्त्री सुरेश मण्डलले नयाँ सोचका साथ प्रदेशको विकास गर्नु पर्ने बताए।
‘प्रदेश २ को विकासका लागि नयाँ सोचका साथ लाग्नु पर्ने हुन्छ। यहाँका कर्मचारी र नागरिकले आफ्नो मातृभूमिको विकासका लागि दोहोरो कतव्र्यको पालना गर्नु पर्छ’ मन्त्री मण्डलले भने,‘वन, पर्यटनलगायतका क्षेत्रमा प्रदेश २ लाई सम्बृद्ध बनाउने हाम्रो अभियानमा सबैको सहयोग आवश्यक छ।’