हुलाकी न्यूज, जनकपुरधाम, १५ भदौ । जनपुरधाममा प्रदर्शनकारीले ठाउँठाउँमा मधेश सरकार, प्रहरी निषेधित क्षेत्र लेखेका छन् ।
प्रहरी ज्यादती बढ्दै गएपछि र मधेश सरकार लेख्न प्रहरीले अवरोध गरेपछि उनीहरुले मुख्य चौकहरुमा प्रहरी निषेधित क्षेत्र लेखेका हुन् ।
यता, बुधबार बिहान करिब ११ बजेदेखि जनकपुरधामको अवस्था पनि तनावग्रस्त भएको छ । जनकपुरधामको भानु चौकदेखि रेल्वे स्टेसनसम्मको क्षेत्रमा दिनभरी जसो नै प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।
प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको पनि बताइएको छ । प्रदर्शनकारीका तर्फबाट पनि ढुंगामुढा भएको छ ।
झडपमा धेरै घाईते भएको बताइएको छ ।






