
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि चीनले अतिक्रमण गरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरु बनाएको समाचार आएकाले यसबारे तत्काल सार्वजनिक गर्न उनले ट्वीटरमार्फत माग गरेका हुन्।
उनले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन पनि गरे।
उनले ट्वीटमा भनेका छन्,‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ। यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रम को ध्यान आकर्षित गर्दछु।’



