हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ सहित देशैभरी आगामी तीन दिनसम्म वर्ष र चट्याङ्ग पर्ने सम्भावना रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले सोमबारदेखि देशका सबै जसो नदीमा बहाव बढ्ने सम्भावना रहेको जनाएको छ। महाखाशाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
सोमबार कमला, वाग्मती र यसका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको छ। त्यस्तै कन्काईका केही स–साना नदीमा सोमबार राति आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ ।
प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको छ।
असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७, ८, ९, १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै असोज ७ देखि ११ गतेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ५ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
असोज ६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १र२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १र२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।