हुलाकी न्यूज, जनकपुरधामः जनकपुरधाम उप महानगरपालिकाले दर्जनौं सुकुम्वासी डोम परिवारको उठिबास गराएको छ। उप महानगरपालिकाले डोम परिवारहरुको बस्ने ठाउँको व्यवस्थापन नगरी घर भत्काउँदा डोम परिवारहरु विच्चलीमा परेका छन्।
जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १ (मिल्स एरियादेखि वेंगा जाने बाटो)मा सडक विस्तारका लागि डोम बस्तीका घरहरु भत्काइएको हो।
सडक छेउको एलानी जग्गामा बस्दै आएकी रिता मलिक डोमले आफूहरुको व्यवस्थापन नगरी उठिवास गराइएकोमा उप महानगरपालिकाका मेयर लालकिशोर साहमाथि आक्रोस व्यक्त गरिन्।
सुकुम्वासी डोमहरुलाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका मेयर साहले कोरोना महामारीका बेला अचानक घर भत्काउन लगाएको रिता बताउँ छिन्।
आफूहरुलाई बस्ने ठाउँ नभएकोले अब सडक मै टेन्ट हालेर बस्ने बताइन्।
एलानी जग्गामा बस्दै आएका मनोज मलिक डोमले पनि आफूहरुलाई जग्गाको व्यवस्था नगरी बस्ती खाली गराइएकोमा आक्रोस व्यक्त गरे।
सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयबासीहरुले जनकपुरधाम उप महानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, सुकुम्बासी समस्या समाधान धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका थिए।
महामारीका बेला उठिवास नगराउन, सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपुर्ति उपलब्ध गराउन लगायतको ११ बुँदे माग स्थानीयवासीहरुले विभिन्न निकायमा बुझाएका थिए।
तर, उक्त मागहरुको सुनवाई नगरी सोमबार डोजर लिएर घर बस्ती खाली गराइएको स्थानीयवासी डा.कृष्ण चन्द्र साहले जानकारी दिए।
[…] जनकपुरधामः दर्जनौं डोम परिवारको उठिव… […]