हुलाकी न्युजः नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले भारी सँख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमवार प्रकाशित गरेको विज्ञापनमा विभिन्न तहमा १ सय २९ जना कर्मचारी माग गरेको हो ।
रेल्वे कम्पनीले विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्ति गर्नको लागि सोमबार विज्ञापन निकालेको हो । यस क्रममा शाखा अधिकृतको लागि अधिकृत तृतिय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासन तर्फ १ जना कर्मचारी माग गरेको छ । कानुन अधिकृत १ जना र स्टेशन मास्टर ३ जना माग गरिएको छ । यी ३ पदको लागि न्यून्तम योग्यता भने स्नातक उतीणर् माग गरिएको छ ।
कानुन अधिकृतको लागि कानुन बिषयमै स्नातक उतीणर् उम्मेदवार माग गरेको हो । यस्तै, पाँचौ तहको लागि सव ईन्जिनीयर तर्फ मेकानिकलको लागि १ जना माग गरिएको छ । जसको लागि न्यून्तम योग्यता भने मेकानिकल वा इण्डष्ट्रियल वा अटोमोबाइल इन्जिनरियरिँग डिप्लोमा वा सो सरह माग गरिएको छ । पाँचै तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिँग सेवा तर्फ ईलेक्ट्रीकल तर्फ पनि १ जना सव इन्जिनियर माग गरिएको हो ।
जसको लागि ईलेक्ट्रीकल इन्जिनियरिँग विषयमा डिप्लोमा वा सो सरह उतीणर्को योग्यता माग गरिएको छ । ईलेक्ट्रोनिक एण्ड कम्यूनिकेसन तर्फ पाँचौ तहमा सव इन्जिनियर पदको लागि १ जना माग गरिएको हो । जसको लािग ईलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयमा डिप्लोमा वा सो सरहको योग्यता माग गरिएको छ । सहायक स्टेशन मास्टरको लागि प्रशासन तर्फ ९ जना माग गरिएको छ । १२ कक्षा पास वा सो सरहका उम्मेदवारले यसमा भर्न पाउनेछ । प्रमुख प्रशासन सहायक तर्फ ३ जना माग गरिएको छ । जसको लािग पनि १२ कक्षा पास वा सो सरहको योग्यता कायम गरिएको छ । लेखापाल तर्फ २ जना, कम्प्यूटर अपरेटर तर्फ ३ जना, क्यासियर १ जना, टिकट विक्रेता १० जना, टिकट कलेक्टर ४ जना माग गरिएको छ । जसमा लेखापाल तर्फको लागि व्यवस्थापन (कमर्स) विषय लिएर १२ कक्षा पास वा सो सरह उतीणर्, कम्यूटरको लागि कम्यूटर विषयमै १२ कक्षा उतीणर् वा सो सरह उतीणर् गरी कम्प्यूटर विषयमा तालिम प्राप्त योग्यता तोकिएको छ । क्यासिएरको लागि एसएलसी वा एसईई मा कम्तीमा २ जिपिए ल्याएको वा सो सरह, टिकट विक्रेता र टिक कलेक्टरको लागि पनि सोही योग्यता तोकिएको छ । यो गोरखापत्रको पृष्ठ ९ मा विज्ञापन प्रकाशित गरिएको छ । यस्तै, ट्रयाक निरीक्षकमा १ जना, फोरम्यानको लागि २ जना, इलेक्ट्रीसियन २ जना, अमिन सर्भेको लागि १ जना, इएसटिमएमएस को लागि ४ जना, रेल गार्डको लागि ३ जना, टिटिई ३ जना, ग्याँगम्यान ईन्चार्ज ७ जना, कि म्यान ७ जना, हेल्पर मेकानिकल र इलेक्ट्रीकल दुवैमा १ जना र २ जना, पोइन्टस म्यान ७ जना, गेट म्यान २५ जना, ग्याँगम्यान १४ जना, पुस ट्रली चालक २ जना र कार्यालय सहयोगी ८ जना गरी जम्मा १ सय २९ जना माग गरिएको हो । यी पदहरुको लागि चाहिने योग्यता भने विज्ञापनमा हेर्न सक्नुहुनेछ ।
उम्मेदवारको उमेर हदमा अधिकृत स्तरको लागि २१ वर्ष र सहयाक स्तरको पदको लािग १८ वर्ष उमेर पूरा भई ३५ वर्ष उमेर ननाघेको र महिलाको हकमा भने ४० वर्ष उमेर ननाघेको हुुनुपर्ने तथा रेल्वे कम्पनीको पूर्व कर्मचारीको हकमा भने ५५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।
उम्मेदवारले आवेदन दिनको लागि रेल्वे कम्पनीको वेभसाईटमा अनलाईन उपलब्ध हुने जनाइएको छ । आवेदनको लागि असोज १२ गतेसम्म अन्तिम मिति तोकिएको छ । दस्तुर तर्फ अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको हो ।
दरखास्त र आवेदनको लागि चाहिने कागजातहरुमा नेपाली नागरिकताको प्रमाणपत्र, न्यून्तम शैक्षिक योग्यताको मार्कसिटको फोटोकापी नेपाल बाहिरको लागि प्रमाणपत्रको हकमा समकक्षता निर्धारण गरिएको प्रमाण, क्यारेक्टर सर्टिफिकेटको फोटोकापी, तालिम तथा अनुभव भएमा श्रेणी र अवधी खुल्ने प्रमाणपत्रको फोटोकापी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो माग गरिएको हो ।
अनुभवीलाई विशेष ग्राहयता दिने विज्ञापनमा उल्लेख छ । अनलाईन फारमको लागि नेपाल रेल्वे कम्पनीको एभेरेष्ट बैंकमा रहेको खाता नम्बर ०१३००१०५२०१४५ मा दस्तुर जम्मा गरेको बैंक भौचर स्क्यान गरी राखेर पठाउनुपर्ने छ ।
I am manish kumar mandal 10 calash pas now i am sit home en one work give you i am working sir
Good
Ticket bikerata sahayak
Me job