हुलाकी न्यूज ,बर्दिया : जिल्लाको  गुलरिया नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिनुभयो ।

बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.