हुलाकी न्यूज, जनकपुरधाम, ७ कार्तिक । धनुषा सदरमुकाम जनकपुर र आसपासका क्षेत्रमा शनिबार बिहानैबाट मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । विजयादशमीसम्म बन्द केही खुकुलो पारेको मधेशी मोर्चाले शुक्रबारदेखि नै बन्दलाई कडा बनाउँदै सवारी सञ्चालनमा रोक लगाएको छ ।

यसअघिसम्म बन्दको बेलामा पनि मोटरसाइकल चलाउन छुट दिएको मोर्चाले शनिबारबाट त्यसमा पनि रोक लगाएको हो । ढल्केवरदेखि जनकपुरसम्मको सडकखण्डमा ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरिएको छ ।

आन्दोलनरत मधेशी मोर्चा र स्थानीय युवाहरुले इन्धनको तस्करीमा पनि निगरानी बढाएका छन् । शनिबार दिउँसो जनकपुरमा लुकाएर लाँदै गरिएको ५० लिटरजति पेट्रोल मधेश अधिकार संघर्ष समिति र मोर्चाका कार्यकर्ताहरुले जलाएर नष्ट गरेका छन् ।

यसैबीच मधेश अधिकार संघर्ष समिति (मास) ले कसैले खाने ग्याँसमा कालोबजारी गरे वा बढी मूल्य लिएर बेचबिखन गरेको पाइए जानकारी गराउन अपिल गरेको छ । मासले जनकपुरभित्र कसैले खाने ग्यास बढी मूल्य लिएर बेच्ने गरेको भए प्रमाणसहित आफूहरुलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल गरेको छ । उसले त्यसरी बरामद गरिएका ग्यास सबैलाई बराबर बाँडिने पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.