हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश २ का अस्थायी राजधानी जनकपुरबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ बस्ने २१ वर्षीय अजयराज कायस्थ र २४ वर्षीय सुनिल मण्डल रहेका छन्।

बिहीबार दिउँसो साढे १२ बजेको समयमा दुवै युवकलाई जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोल नजिकबाट एकथान पेस्तोल र त्यसमा प्रयोग हुने १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

हतियार बेचबिखनको लागि लग्दैछ भन्ने गोप्य सूचनाको आधारमा प्रदेश २–००३०० प. ७३७७ नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा झोलामा लुकाएर राखेको कटुवा पेस्ताल र एकराउण्ड गोली प्रहरीले बरामद गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.