अमरेन्द्र कुमार यादव, धनुषा, ७ कार्तिक । जारी मधेश आन्दोलनपछि मधेशका केही युवाहरुले डिजेल र पेट्रोल जस्ता ईन्धनहरुको कालो बजारी गर्न थालेका छन् । सोही क्रममा शुक्रबार राति ८ बजेदेखि मिथिला नगरपालिका वार्ड नं. १ नकटाझिझ जनकपुर ढल्केवर सडकखण्डस्थित संयुक्त लोकतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ता, त्यहाँका स्थानीयबासीहरु सडमा बसेका छन् ।

हरिदेव महतोको नेतृत्वमा सडकमा बसेका युवा र स्थानीयले सडकमा चल्दै गरेको साईकल तथा मोटरसाईकलमा समेत जाँचपास गरेको थिए । जाँचपासको क्रममा मोेटरसाईकलमा बर्दिबास लग्दै गरेको कम्तिमा ५–६ ओटा मोटरसाईकलमा रहेको २ सय लिटकरको हाराहारीमा डिजेल र पेट्रोल नष्ट गरिएको छ । पेट्रोल र डिजेलको तस्करी तथा कालोबजारी बढेपछि मधेशी युवाहरु त्यसलाई रोक्न लागिपरेको उनीहरुले बताएका छन् ।

कालोबजारीले मधेश आन्दोलनलाई समाप्त पार्न र बिथोल्न प्रमुख भूमिका खेल्ने भन्दै आक्रोशित युवा तथा स्थानीयको टोलीले पेट्रोल र डिजेल नष्ट गरी तस्करलाई समझाई बुझाई पठाएको स्थानीय महतोले बताए । मधेशी हक अधिकारका लागि लडिरहेका बेला मधेश विरोधी तत्वबाट भईरहेको तस्करीलाई रोक्न मधेशी युवाहरु जिल्लाका सम्पुर्ण सानो तथा ठूलो नाकामा बसी मधेशी आन्दोलनको विपक्षमा जाने तत्वलाई खोज्ने कार्यमा बढावा दिएका छन् ।

1 COMMENT

  1. bardibas ma sabai vanda tel (khadan ) gaushala samsi boder vayer jancha tar yo border jam chain , dinhu hajaro liter tel yehi bato bat bardibas pugeko cha ” jai madhes

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.