हुलाकी न्यूज : बारामा दुई सता अघि १६५ किलो प्रतिबन्धित लागुऔषध गाँजा कारमा छोडेर फरार भएका चालकलाई पक्राउ गरेको छ ।

गाँजा छाडेर फरार भएसंगै खोजीमा जुटेको पईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलबार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षीय शनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार गत भदौ १५ गते कोल्हवी नगरपालिका ९ श्रीपुरमा बिहान साढे ४ बजे प्रहरीको चेकिङ देखेर उनी गाँजा सहितको कार नै छोडेर भागेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.