
हुलाकी न्यूज, गौर : खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यारालाई बचाउन खोजेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई स्थानीयवासीले कालो झण्डा देखाएका छन्।
स्थानीय रामपदारथ यादवका अनुसार मुख्यमन्त्री राउत आफै हत्यारालाई जोगाउन लागेकोले कार्यक्रम स्थलमै कालो भण्डा देखाइएको छ।
स्थानीयबासीहरुले ‘हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन !! पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !!’ भन्दै नारावाजी गरेका थिए।
यसैबीच, मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने बताएका छन्।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँग राउतले भेटघाट गरेका छन्।



