हुलाकी न्युजः धनुषाको हंसपुरमा आफनै घरमा मृत भेटिएकी कृष्ण कुमारी चौधरीको हत्या भएको आरोप लागेको छ ।

हँसपुर नगरपालिका बघचौडाको धोवियाही पोखरी नजिक ससुराली भएको चौधरीलाई आफनै परिवारका सदस्यहरुले हत्या गरेको माईती पक्षले आरोप लगाएका छन् । उनीहरुले मृतकलाई सासु, ससुरा, पति, देवर र ननदले एक वर्ष पहिले छोरी भएकै कारण पटक पटक शारिरीक र मानसिक रुपमा यातना दिने गरेको बताएका छन् ।

यस विषयमा मृतकका काका नवल चौधरीले कृष्णा कुमारीले छोरी जन्माएकै कारण उनका ससुराली पक्षले हत्या गरेको बताउनु भएको छ । उहाँले आफनो भतिजीलाई उसको परिवारजनले विभिन्न प्रकारका तनाव दिने काम गर्दै आएको र माईतीमा कुरा गर्नमा समेत रोक लगाएको बताउनुभयो । मृतकका काका चौधरीले मृतकका एक वर्षीय छोरीलाई समेत ससुराली पक्षले लुकाउने काम गर्दा बच्चालाई समेत उनीहरुले हत्या गर्न सक्ने आंशका जनाउनुभयो ।

एता, मृतका ससुरा बिनोद चौधरीले आफूहरु माथि लगाएको आरोप झुठो रहेको बताउनु भएको छ । उहाँले मृतकलाई परिवारमा आज सम्म कुनै अनभन नभएको बताउँदै आमा संग कुरा गरे लगतै आफनो बुहारीले आत्महत्या गरेको जानकारी दिनुभयो ।

मृतक चौधरीको करिब ३ वर्ष पहिले बघचौडा बस्ने सरोज चौधरीसंग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

गत बुधवार मृतक चौधरी आफनै घरमा दिउँसोको समयमा झुन्डीएको अबस्थामा फेला परेकी थिईन । त्यस्तै, घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.