हुलाकी न्युजः नेपाल विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्र गत आईतवार देखि सञ्चालनमा आएपनि आज देखि पुनः बन्द भएको छ ।

जनकपुर वितरण केन्द्रले एक सुचना जारी गर्दै महशुल संकलन काउन्टर अर्को सुचना नआए सम्मको लागि बन्द गरेको जानकारी गराएको छ ।

कोभिड १९का कारण राजस्व संकलन बैंक, बैंक अफ काठमान्डौ बाट सुचना अनुसार काउन्टर बन्द गरिएको सुचनामा उल्लेख छ ।

यसरी प्रधिकरण अचानक बन्द भएपछि गाउँगाउँ बाट सुचना नपाएका उपभोक्ताहरु महसुल नबुझाई घुम्न बाध्य भएका छन् ।

एता, नेपाल विद्युत प्रधिकरण जनकपुुर शाखाका इन्जिनियर प्रवीण मिश्रले कोभिड १९का कारण राजस्व संकलन बैंक , बैंक अफ काठमान्डौं बन्द भएको सुचना अनुसार आफूहरुले महशुल संकलन काउन्टर बन्द गरेको बताउनु भयो । उहाँले कार्यालय नै बन्द रहेको कारण पछि गएर काउन्टर सञ्चालनमा आउँदा उपभोक्ताहरुलाई जरिवाना समेत नलाग्ने जानकारी दिनुभयो ।

त्यस्तै, लकडाउन तथा निषेधाज्ञाबाट प्रभावित हुदै आएका प्रधिकरणका जनकपुर वितरण केन्द्र भादौ १४ गते सञ्चालनमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.