हुलाकी न्यूज, जनकपुरधामः भूमाफियाहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नै संरक्षण गरेको देखिएको छ।
रसिक विहारी भगवान तेली कुट्टी (ट्रष्ट)को जग्गा अतिक्रमण गर्नमा बीबीसी नेपालीका संवाददाता एवं जनकपुर टुडेका सम्पादक बृजकुमार यादवलाई मेयर साहले सहयोग गरेका छन्।
मेयर साहले बृजकुमारका लागि कानुन मिच्दै मन्दिरको जग्गामा घरको नक्सा पास गर्न कर्मचारीलाई दबाब दिइ पास गराएका छन्।
कोरोनाका कारण लकडाउनमा जनकपुरधाम उपमहानगरपालिकामा सर्वसाधारणको कामकाज ठप्प रहेको अवस्थामा मेयर साहको दबाबमा घर बाटो प्रमाणित गरी नक्सा पास गर्न लगाएको उपमहानगरपालिकाकै कर्मचारीले बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिका ८ का वडा सदस्य अनुरुद साहले सार्वजनिक कार्यक्रम मै मेयर लालकिशोर साहको दबाबमा बृजकुमार यादवको श्रीमतिको नाममा रहेको उक्त जग्गाको घरबाटो र नक्सा पारित गर्न लगाइएको बताएका थिए।
रोचक के छ भने जनकपुरधामभित्र पोखरीको २५ फिट डिल छोडेर संरचना निर्माणको निर्णय जनकपुरधाम उपमहानगरपालिकाको छ तर मेयर साहले बृजकुमारका लागि कपाल मोचनी पोखरीको पानी मै काटिएको बाटोलाई सदर गर्दै नक्सा पास गरिदिएका छन्।
युवा नेता राकेश विक्रम साह भन्छन्,‘मेयर लालकिशोर साहले जनकपुरधामको सार्वजनिक सम्पतिलाई केक काटेर बाँडे जस्तो बाँड्दैछन्। भूमाफियाहरुलाई मेयरले नै नेतृत्व गरेका छन्। मेयरको विना सहयोग र समर्थनले जनकपुरधामको एक इन्च सार्वजनिक जग्गा यताउता हुन सक्दैन।’
यसैबीच, मेयर साहले भूमाफियालाई जोगाउन जानकी मन्दिरको पूर्वी गेटभित्र सार्न लगाएका छन्।
बृजकुमारको बचाउमा मेयरका सहयोगीहरु परिचालित
रसिक विहारी मन्दिरको जग्गा कब्जा गर्ने बृजकुमारको कार्यमा मेयर लालकिशोर साहका सहयोगीहरु सक्रिय भूमिकामा देखिएका छन्। मेयर साहको मिडिया तथा विज्ञापनको कमिसन व्यवस्थापन गर्ने संजीव कुमार झा र नविन यादव बृजकुमारको पक्षमा सक्रिय भएका छन्।
मेयर साहकै दबावमा सहयोगी झाले विभिन्न मिडियामार्फत भूमाफिया बृजकुमारको बचाउमा समाचार सम्प्रशेन गर्नुका साथै उनका लागि लवी गर्दैछन्।
यसैगरी, मेयरका अर्का सहयोगी नविन यादवले बृजकुमारको पक्षमा निकालिएको मोटरसाइकल रैलको नेतृत्व गर्नुका साथै कुटीको जग्गा कब्जा गर्नमा साथ दिन खडा गरिएको युवा समितिमा नेतृत्वदायी भूमिकामा रहेका छन्।
उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर साह हिराले भूमाफियालाई संरक्षण गर्ने मेयर लालकिशोरलाई बहिस्कार गर्नु पर्ने बताउँछन्।
‘मेयर लालकिशोर साह जनकपुरधामकै धार्मिक सम्पति समाप्त गर्नमा लागेका छन्। भूमाफियाहरुलाई संरक्षण गरी भ्रष्टाचारमा लागेका छन्।’ उनले भने,‘यस्ता मेयरलाई अव सार्वजनिक समारोह र कार्यक्रमहरुमा बहिस्कार गर्नु पर्छ।’
बृजकुमारसहितका भूमाफियाहरुलाई संरक्षण गरेको विषयमा मेयर साहले हुलाकी न्यूजसँग प्रतिक्रिया दिन चाहेनन्।
सम्बन्धीत समाचारहरु
जनता ले अवश्य सजाय दिनेछन।
[…] भूमाफियालाई मेयर लालकिशोरको संरक्षण … […]