
हुलाकी न्यूज, जनकपुरधाम : बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले आफूलाई पटक–पटक टर्चर गरी ब्ल्याकमेल गरेको जानकी फाइनान्सका अध्यक्ष अमरनाथ गुप्ताले बताएका छन्।
रसिक विहारी भगवान तेली कुटीको जग्गा अतिक्रमण रोक्ने अभियानमा रहेका गुप्ता विरुद्ध विगत चार दिनदेखि यादव सम्पादक रहेको जनकपुर टुडेमा विना प्रमाणका समाचारहरु प्रकाशित भइरहेको गुप्ताको भनाई छ।
रसिक विहारी मन्दिरको जग्गा अतिक्रमण गर्न खोजेका बीबीसी संवाददाता बृजकुमार यादव विरुद्धको अभियानमा लागेका व्यक्तिहरुको चरित्र हत्या गर्न जनकपुर टुडेको प्रयोग गरेको र बीबीसीमा समाचार बजाउने धम्कीसमेत दिदै आएको गुप्ताको दाबी रहेको छ।
हुलाकी न्यूजसँगको कुराकानीमा गुप्ताले भने,‘मैले जनकपुरधामको एतिहासिक मठ–मन्दिर गुठीको जग्गाहरु भूमाफियाबाट जोगाउन खोज्दा बृजकुमारले बारम्बार टर्चर गर्नु भएको छ।’
बृजकुमारले ब्ल्याकमेल गरी आफ्नो इच्छापुर्ति गराउन खोजेको दाबी गर्दै गुप्ताले भने,‘उहाँको विभिन्न साथीहरुबाट कुरा आएको छ कि उहाँसँग बसेर कुरा मिलाउनुस्। यसको मतलब उहाँले जे पनि माग्नु हुनेछ।’
विना तथ्या–प्रमाण समाचार लेखेको र पटक–पटक ब्ल्याकमेल गर्न खोजेको भन्दै गुप्ताले बृजकुमार विरुद्ध कानुनी लडाईसमेत लड्ने बताए।




[…] बीबीसीका पत्रकार बृजकुमारले मलाई ‘ब्… […]