हुलाकी न्युजः धनुषामा एकै पटकमा चार बच्चालाई जन्म दिएकी महिलाको मृत्यु भएको छ ।
विदेह नगरपालिका वडा नम्बर ७ जोगियारा टोलकी २२ वर्षक अमिरुल खातुनको मृत्यु भएको हो । उनले जनकपुरधामस्थित काब्या अस्पतालमा कहुल्की राति शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी थिइन् ।
बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज दिउँसो मृत्यु भएको अस्पताल जनाएको छ । खातुन एक छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।
छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरूको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । शिशुहरूलाई एनआईसीयूमा राखिएको छ । कोरोनाक आशंकामे खातुनक स्वाब संकलन कएल गेल अछि ।