हुलाकी न्यूज, काठमाडौं, ७ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले खाना पकाउने ग्यासको कालोबजारी नगर्न आग्रह गरेको छ । मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै अधिकारको लडाईंमा पीडा र कष्ट भोगिरहेको जनता कालोबजारीको मारमा पनि परेको भन्दै मोर्चाले दुःख व्यक्त गरेको छ ।

मोर्चाले स्थानीय स्तरमा उपलब्ध ग्यास स्थानीय जनतालाई सहज, सुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन पनि अपिल गरेको छ । साथै, कालोबजारी गरी डिजेल र पेट्रोल बाहिर पठाउनेहरुलाई कारवाही गरिने र त्यस्ता डिजेल पेट्रोल समातिए नष्ट गरिने चेतावनी पनि दिएको छ ।

आन्दोलनका भावी कार्यक्रम पनि सार्वजनिक गरेको मोर्चाले थप जनसहभागिताका लागि अपिल गरेको छ । मोर्चाको भावी कार्यक्रम अनुसार आईतबार बिहान लाठीसहित मोटरसाइकल जुलुस निकाल्ने र दिउँसो विरोध सभा गर्ने रहेको छ ।

madheshi morcha dhanusha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.