हुलाकी न्युजः जनकपुरधामस्थित विद्युत् वितरण शाखा लामो समयपछि महसुल काउण्टर खोलेपछि ग्राहकको भीड लागेको छ ।

कोराना भाइरसका कारण बन्द रहेको महसुल काउन्टर आइतवारबाट खोलिएसँगै महसुल बुझाउनेको भीड एकाएक बढेको हो । नेपालमा लकडाउन भएपछि बीचमा केही दिन काउण्टर खुले पनि कोरोनाका संक्रमण बढेपछि गरिएको निषेधाज्ञासँगै पुनः काउण्टर बन्द गरिएको थियो । सामाजिक दूरीसहितक सुरक्षा प्रबन्ध मिलाएर आइतबारबाट पुनः काउण्टर खुला गरिएको छ । तर, एकैपटक धरै जना महसुल बुझाउन आउँदा कोरोनाको जोखिम बढेको छ । गाउँगाउँबाट आएका ग्राहकहरूले काउण्टरको संख्या र कर्मचारी बढाउनुपर्ने माग गरेका छन् ।

एता, नेपाल विद्युत प्रधिकरण जनकपुुर शाखाका इन्जिनियर प्रवीण मिश्र कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न उपाय अपनाए पनि भीडका कारण समस्या भएको बताउनुभयो । उहाँ टोकन सिष्टम लागू गरे पनि भीड नियन्त्रण नभएकाले यसलाई व्यवस्थित गर्न बिहीबारबाट प्रहरीको सहयोग मागेको पनि बताउनुभयो । इन्जिनियर मिश्र भदौं १९ गतेभित्र महसुल बुझाउँदा लकडाउन अवधिको जरिवाना नलाग्ने पनि स्पष्ट पार्नुभयो । त्यस्तै, भदौं २१ गतेबाट २६ गतेसम्म बिलअनुसारको महसुल लाग्नेछ । तर, २८ गतेपछि जरिवाना लाग्ने समेत मिश्र जानकारी दिनुभएको छ ।

इन्जिनियर मिश्र अनलाइनमार्फत महसुल भुक्तानी करऽ सेहो सर्वसाधारणसँग आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा वैशाख र जेठमा महसुल बुझ्ने काम पूणर् रूपमा बन्द गरिएको थियो । एकरबाद असार र साउनमा बीच-बीचमा केही दिन महसुल लिने काम भए पनि निषेधाज्ञासँगै पुनः बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.