हुलाकी न्यूज, कतार :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको मेसैईद एरियामा क्षेत्रीय समितिको विस्तार भएकाे छ।

सुरेश पासमानको नेतृत्वमा कार्यसमिति गठन गरिएकाे छ। सचिवमा फुलचन साह, सहसचिवमा बिजय पासमान, कोषाध्यक्षमा दिलीप कामती, मीडिया कोऑर्डिनेटरमा राजन बाटर र सह मीडिया कोऑर्डिनेटरमा काशो यादव रहेका छन।

त्यस्तै सदस्यहरुमा अमीरी यादव, राम हिर्दय यादव,राजा राम महतो, हरिंदर राम, सबरी महतो,बिनय यादव, राम चन्द्र यादव, संदीप यादव, भोला यादव, जाकिर मियाँ, बिशे महतो, श्री लाल यादव,राम बिलाश यादव, बिजय पासमान, जित नारायण यादव र पूनम चौधरी रहेका छन।

त्यस्तै सल्लाहकार सदस्यहरुमा सुरेन्द्र यादव रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.