हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको (जुल्फी सहर) अल जजीरा कंपनीमा क्षेत्रीय समितिको विस्तार भएको छ।
अध्यक्ष अशोक कुमार साहको उपस्थितिमा श्री राम यादवको अध्यक्षतामा क्षेत्रिय समिति चयन भएको छ।
उपाध्यक्षमा उदित कुमार कापरी र सचिवमा संजीब कुमार यादव रहेका छन।
तेस्तै सदस्यहरुमा धनिकलाल यादव, राजाराम महतो, रबिन कुमार महतो, देब कुमार पासमान र सुन्दर सहनी रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।