हुलाकी न्युजः प्रदेश नं.२मा होम आईसोलेसनमा बस्नेहरुको संख्यामा बृद्धि भएको छ ।
कोरोना भाईरसबाट संक्रमण भई उपचार गराउनको लागि होम आईसोलेसनमा बस्नेहरुको संख्या तिब्र गतिमा बढेको छ । नेपाल सरकारले कोरोना संक्रमण देखिएपनि कुनै समस्या नरहेको व्यक्तिहरुले आ आफनो घरमा समेत आईशोलेट हुन सक्ने भनेपछि पछिल्लो समयमा होम आईसोलेसमा बस्नेको संख्या बढेको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुुसार भादौ १५ गते सम्ममा प्रदेश नं.२मा ४ हजार ९१ जना होम आईसोलेसनमा रहेका छन् जुन पछिल्लो तथ्याङ्क भन्दा बढी रहेको छ । यसैगरी, यस प्रदेशमा सरकारले व्यवस्था गरेको आईसोलेसनमा ११ सय जना मात्र रहेका छन् । एता, प्रदेश नं.२मा क्वारेन्टाईन भन्दा होम क्वारेन्टाईनमा बस्नेहरुको संख्यामा समेत बृद्धि भएको छ ।
प्रदेशमा अहिले १ हजार ५ सय ८८ जना होम क्वारेन्टाईनमा रहेका छन् । जबकी, सरकारले ब्यवस्था गरेको क्वारेन्टाईनमा मात्र ७ सय १४ जना बस्ने गरेका छन् । विगतका दिनहरुमा सरकारले व्यवस्था गरेको आईसोलेसन र क्वारेन्टाईनको व्यवस्थापन माथि विभिन्न प्रश्नहरु उठ्दै गएपछि होम आईसोलेसन र क्वारेन्टाईनमा बस्नेको संख्यामा बृद्धि भएको बुझिएको छ ।
होम आईसोलेसनमा बस्ने व्यक्तिहरुले आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र खानपिन राम्रो हुने गरेको तथा यसबाट छिटै कोरोनालाई जित्न सक्ने भन्दै अफूहरु होम आईसोलेशन र क्वारेन्टाईनमा बस्ने गरेको बताएका छन् ।
त्यस्तै, अहिले प्रदेश नं.२मा जम्मा १० हजार २७ बेड क्षमता भएको १ सय ९६ वटा क्वारेन्टाईन छन् भने विभिन्न अस्पताल गरी २ हजार ९ सय ७३ वेड क्षमता भएको आईसोलेसन रहेको छ ।



