हुलाकी न्यूज, जनकपुरधाम : उपभोक्ता समितिको रोकिएको रकम भुक्तानी प्रक्रिया अगाडि बढेको प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय धनुषाका प्रमुख श्याम सुन्दर मिश्रले उपभोक्ता समितिको भुक्तानी प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्।
प्रमुख मिश्रका अनुसार मन्त्री जितेन्द्र सोनलको निर्देशन बमोजिम उपभोक्ता समितिको रकम केही दिनभित्रै भुक्तानी दिनेछ।
यता मन्त्री सोनलले सम्बन्धीत सबै कार्यालय प्रमुखहरुलाई भुक्तानीका लागि निर्देशन दिइसकिएको जानकारी दिए। प्रदेश २ का आठवटै जिल्लामा भुक्तानीको पक्रिया सुरु भइसकेकोले सम्बन्धीतहरुलाई निश्चिन्त रहनसमेत आग्रह गरे।
कार्यालयहरुको तयारी अनुसार एक साताभित्र भुक्तानी हुने देखिएको छ। यसैबीच सिरहा जिल्लामा भुक्तानी आरम्भ पनि भएको छ।