हुलाकी न्युज : जनमत पार्टीको केन्द्रीय समिति बैठक यही भाद्र १२ गते सम्पन्न भएको छ। सो बैठकले विभिन्न निर्णय गर्दै २०७७ फाल्गुन १५ गते सम्ममा वड़ा, गाऊँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरी सक्ने निर्णय गरेको छ। तत् पश्चात् जनमत पार्टीको केन्द्रीय महाधिवेशन २०७७ चैत्रमा गर्ने भएको छ।

अधिकांश ज़िल्लाहरुमा कोभिड-१९ को प्रकोप तीव्र रहेकाले २०७७ भाद्र १५ गते सोमवारका दिन वीर शहीद राममनोहर यादवको श्रद्धाञ्जली घरमै मनाउने र स्थिति सामान्य रहेका ठाउंहरुमा भीड़भाड़ नगरीकन सुरक्षित तरीक़ाले श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ।

सोही बैठकबाट बारा ज़िल्लामा लामो समयदेखि योगदान दिनु भएका ओम प्रकाश साहलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

डॉ. सीके राउतद्वारा जारी प्रेस विज्ञप्ति तल दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.