हुलाकी न्युजः जनकपुरधामको श्री गणेश युवा कमिटिको उपाध्यक्ष र महासचिवमा सहमती हुन नसक्दा ति दुई पदका लागि भएको निर्वाचनमा क्रमश पत्रकार संजय कुमार साह र बलराम कुमार साह निर्वाचित भएका छन् । वाँकी ९ पदहरुमा यस अघिनै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले बताए । पत्रकार साह एसपी खवरका व्यवस्थापक र संवाददाता पनि हुन ।

निर्वाचित समुह श्री गणेश मन्दिर अगाडि सामुहिक तस्वीर खिचाउदै
निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ आज विहान ७ः३० बजे देखि १ बजे सम्म भएको मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये ३ सय २३ जनाले मतदान गरे । उपाध्यक्ष तर्फ विजयी भएका संजय कुमार साह (पत्रकार) १ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरे भने २ मत बदर भएको थियो । उनीहरु बिचको मत भिन्नता ३३ हो । त्यसै गरि महासचिवमा विजयी भएका बलराम कुमार साहले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भरत साहले १ सय १४ मत प्राप्त गरे भने ७ वटा मत बदर भएको छ । उनीहरु बिचको मत भिन्नता ८८ हो ।

निर्वाचनवाट निर्वाचित उपाध्यक्ष र महासचिव साहद्वय क्रमश दायाँवाट
त्यसै गरि यस अघि अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा शुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुङ्गो लागेको निर्वाचन अधिकृत साहले बताए । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ(रोशन) र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका हुन । कमिटिका पुर्वअध्यक्षहरु सुरेन्द्र भण्डारी, सन्तोष साह, दिपक भगत र राजेश भण्डारी (भोला) समुहको प्यानलनै निर्वाचित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.