हुलाकी न्यूज, जनकपुरधाम : गए राति जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटीमाथि भूमाफियाहरुले कब्जा गरेका छन् ।
बाह्र विगहा नजिकै रहेको तेली कुटीमाथि राति करिब ११ बजेतिर डोजरसहित पुगेको भूमाफियाको टोलीले कुटीको पर्खाल भत्काएको र जग्गा कब्जा गरेको सत्यनारायण साहले जानकारी दिएका छन् ।
साहका अनुसार हातहतियारसहित पुगेको टोलीले कुटीमा बस्दै आएका साधुसन्त र कुटीको छेउमा रहेको पताञ्जली योग पिठका साधुहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको थियो ।
सयौं वर्षभन्दा पुरानो तेली कुटीको छेउमा रहेको जानकी मन्दिरको एक कठा जग्गा व्यक्तिको नाममा गरिएको छ ।
लकडाउन मै गुठीको जग्गामा बाटो पनि काटिएको छ । अहिले छेउमै रहेको तेली कुटीको जग्गा पनि भूमाफियाले कब्जा गरेको तेली युवा समाजका अध्यक्ष राजु साहले जानकारी दिएका छन् ।
जनकपुरधामका व्यापारी एवं समाजसेवी शिव शंकर साह (हिरा)ले मिडियाको आडमा बृजकुमार यादवले कुटीको जग्गा कब्जा गरेको बताए ।
साहका अनुसार गुठीको जग्गा निजीकरण भएको विषयमा अदालतमा मुद्दा दिनुका साथै तेली कुटीको जग्गा जोगाउन संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिदैछ ।




[…] […]
[…] […]