हुलाकी न्युजः कोरोना रोकथामको काममा प्रदेश सरकारले आर्युवेदलाई वास्ता नगरेको चिकित्सकहरुले आरोप लगाएको छ ।

विश्व सहित नेपालमा समेत दिन प्रतिदिन कोरोना बढ्दै गएपनि केन्द्र, प्रदेश तथा स्थानिय सरकारले आर्युवेदको उपचार प्रति कुनैपनि चासो नदेखाएको उनीहरुको आरोप छ । आर्युवेदको औषधी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सबल रहेको स्वीकार गरेपनि तीन तहको सरकार मध्ये कुनै सरकारले पनि अहिले सम्म आफूहरु संग समन्वय नगरेको चिकित्सकहरुको भनाई छ ।

जनकपुर आर्युवेद औषधालयकी प्रमुख डा. सीमा झाले प्रदेश सरकारले कोरोना रोकथामको लागि कुनै पनि समन्वय नगरेको आरोप लगाउनु भयो । उहाँले सरकारले कुनै समन्वय नगरे पनि आफूहरूले केही स्थानका क्वारेन्टाइनहरुमा औषधी वितरण गर्ने समेत गरेको बताउनु भयो ।

प्रमुख झाले कोभिड १९ को ईलाज मा आर्युवेदलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै, धनुषाका सबैला आर्युवेद औषधालयका प्रमुख डा. ईन्द्रेश महतोले आफूहरूले आर्युवेदिक पद्घतिबाट कोरोनाको ईलाज गर्न तयार रहे पनि सरकारले कुनै पनि आदेश नदिएको बताउनु भयो । उहाँले कोरोनाको उपचार नहुने भनेर विश्व स्वास्थ्य संगठनले भ्रम फैलाउने काम गरेको समेत आरोप लगाए ।

एता, प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका स्वास्थ्यकर्मीको टिममा आर्युवेद स्वास्थ्यकर्मीलाई समेत आवश्यता अनुसार सामिल गराउँदै आएको दाबी गर्नुभएको छ ।

निर्देशक साहले क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरूलाई आयुर्वेदिक औषधी दिने विषयमा स्वास्थ्य मन्त्रालयबाट हालसम्म कुनै आदेश नआएको बताउनुभयो । उहाँले आयुर्वेदिक औषधीबाट कोरोना रोकथाम गर्न सकिने कुराको कुनै प्रमाणसमेत नरहेको बताए ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले कोरोनाको उपचारका लागि आयुर्वेद चिकित्ससहित सबै विधि अपनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले सबै कुराका लागि केन्द्रकै प्रतीक्षा गर्नु नपर्ने भन्दै प्रदेश सरकार आ स्थानीय तहले कोरोना रोकथामका लागि आवश्यक कामहरू गर्न र गराउन सक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.