हुलाकी न्युजः धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका वडा नं १३ रघुनाथपुरका ३० वर्षीय सुरेन्द्र दनुवार रहेका छन् ।

आइतबार दिउँसो अन्दाजी साढे २ बजे धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ रघुनाथपुर देखि बरमझिया तर्फ गइरहेको बेला कमला प्रोजेक्ट बिल्डिङग नजिकै मोटरसाइकल चालक दनुवारको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । तीब्र गतिका कारण ना ४७ प २१२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी निरीक्षक यादवले बताए ।

मृतक दनुवारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.